काठमाडौँ, २३ असोज । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
छापावाला सुन स्थिर रह्दै प्रतितोला ७० हजार ९ सय रुपैयाँमा नै कारोबार भएको छ भने तेजावी सुन पनि ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघ जनाएको छ ।
चाँदी पनि स्थिर रह्दै प्रति तोला ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।





