नेपाल ओमानसँग हार्‍यो

काठमाडौँ, २३ असोज । पाँच देशको टी–२० श्रृखलामा नेपालले ओमानसँग ६ विकेटको हार व्यहारेको छ ।

टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले ११ ओभरमा ६४ रनमा अलआउट भयो । टिमको स्कोर मात्र दुई रन हुँदा ओपनर निशान पाण्डे आउट भए । दोस्रो विकेटका लागि कप्तान पारस खड्का र आरिफ शेखले २४ रनको साझेदारी गरे । पारस व्यक्तिगत ५ रनमा आउट भए ।

नेपालका लागि आरिफले २० र दीपेन्द्र सिंह ऐरीले ११ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक समेत जोड्न सकेनन् । जवाफमा मैदान उत्रिएको ओमानले ११।५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।

करण केसीसँगै सोमपाल कामी र सन्दीप लामिछानेले विकेट लिएपछि २७ रन जोड्दा ४ विकेट गुमाइसेको थियो । तर सुरज कुमारले ओमानलाई जित दिलाए । उनी एक्लैले ४२ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

सुर्खेत, ५ कार्तिक । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–८ रंगशालास्थित एक घरमा डेरा गरी बस्दै आएका २६ वर्षीय युवक मृत फेला परेका

अर्घाखाँची, ५ कार्तिक। जिल्लाको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा घटनास्थलमै दुई जनाको मृत्यु भएको छ । भूमिकास्थान नगरपालिका २, भूमेकाथानमा लु६४प

झापा, ५ कार्तिक । बिर्तामोड नगरपालिका–२ रामचोकस्थित एक बडी ग्यारेजको क्यान्टिनमा विद्युत् सर्ट भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु

काठमाडौँ, ५ कार्तिक । देशका तीन जिल्लाका सडक अवरुद्ध भएको छ ।  नेपाल प्रहरीका अनुसार म्याग्दी, गोरखा र सुर्खेतका विभिन्न