प्रहरी महानिरीक्षक खनालबाट विजया दशमीको टीका प्रदान

काठमाडौँ, २२ असोज । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई विजया दशमी २०७६ का अवसरमा बुधबार टीका लगाइदिनुभएको छ ।

विजया दशमीका अवसरमा टीका ग्रहण गर्ने सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरु, पूर्व प्रहरी कर्मचारीहरु एवम् प्रहरी परिवारलाई प्रहरी महानिरीक्षक खनालले सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो ।

सो अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती प्रमीला खनालले उक्त संघका पदाधिकारी एवम् सदस्यहरुलाई टीका लगाउनुको साथै टीका ग्रहणका लागि उपस्थित महानुभावहरुलाई जमरा र प्रसाद प्रदान गर्नुभयो ।

टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।