आयरल्याण्डसँग नेपाल पराजित

काठमाडौँ, २२ असोज । पाँच देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

ओमानमा जारी क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल आयरल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै १३ रनले पराजित भएको हो ।

नेपालका लागि आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्रसिंह ऐरीले १९ रन जोडेका थिए । त्यस्तै करण केसीले १६ रन जोडेका थिए, तर जितका लागि पर्याप्त हुन सकेन । नेपालका लागि बलिङतर्फ अविनाश बोहोरा र सन्दीप लामिछानेले २र२ विकेट लिएका थिए । साथै करण केसी र ललित राजवंशीले १र१ विकेट लिएका थिए ।

यता आयरल्याण्डका लागि बलिङतर्फ आयरल्याण्डका मार्क एडेर र जर्ज डोकरेलले ३र३ लिएका थिए । त्यस्तै ग्यारेथ डिलेनी दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । २०८३ साल असोज ७ गते बुधबारको राशिफल ।  मेष : दिन राम्रो छ । सोचेका काम  बन्नेछन्

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक