आयरल्याण्डसँग नेपाल पराजित

काठमाडौँ, २२ असोज । पाँच देश सम्मिलित टी-२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपाल आयरल्याण्डसँग पराजित भएको छ ।

ओमानमा जारी क्रिकेट शृंखलाअन्तर्गत बुधबार भएको आफ्नो तस्रो खेलमा नेपाल आयरल्याण्डले दिएको एक सय ४६ रनको लक्ष्य पछ्याउँदै १३ रनले पराजित भएको हो ।

नेपालका लागि आरिफ शेखले २६, पारस खड्काले २५, इशान पाण्डेले २२, दिपेन्द्रसिंह ऐरीले १९ रन जोडेका थिए । त्यस्तै करण केसीले १६ रन जोडेका थिए, तर जितका लागि पर्याप्त हुन सकेन । नेपालका लागि बलिङतर्फ अविनाश बोहोरा र सन्दीप लामिछानेले २र२ विकेट लिएका थिए । साथै करण केसी र ललित राजवंशीले १र१ विकेट लिएका थिए ।

यता आयरल्याण्डका लागि बलिङतर्फ आयरल्याण्डका मार्क एडेर र जर्ज डोकरेलले ३र३ लिएका थिए । त्यस्तै ग्यारेथ डिलेनी दुई विकेट लिए । यसअघि टस जितेर पहिला ब्याटिङ गरेको आयरल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४५ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको