अनाथ बालवालिकालाई दशैंको टीका

भक्तपुर, २२ असोज । राम चन्द्र प्रजापती । चाँगुनारायण नगरपालिका वडा न २ दुवाकोटको सहयोग संस्थाका अध्यक्ष राजाराम सुवालको सभापतित्वमा विजया दशिमिको अवसरमा अनाथ बालबालिकालाई शुभ दशैको टीका ग्रहण कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रमका प्रमुख अतिथी चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले अनाथ बालबालिकाहरुलाई दशैको टीका लगाई दिनु भयो । उहाँले अनाथ बालबालिकाहरुलाई आफ्नो आमाबुबा नभएको महशुस नहोस् भनी शुभकामना व्यक्त गर्नु भयो । नगर प्रमुख मिश्रले प्रसाद ग्रहण साथै न्यानो कपडा सबै अनाथ बालबालिकाहरुलाई दशैको उपाहारस्वरुप प्रदान गर्नुभयो ।

कार्यक्रममा सहयोग सस्थालाई जग्गा प्रदान गरि सहयोग गर्नु हुने परिवारका सहयोगी व्यक्ति समाजसेवी एव चाँगुनारायण नगरपालिका वद्दा न २ का वडा सदस्य सोम प्रधान, उपमेयर विना बस्तोला, रामगोपाल चगुठी लगायतले समाजिक कार्यमा सदैव लाग्न सकोस भविष्यमा अझ राम्रो होस भनी शुभकामना दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १६ चैत । आज नेपाल पत्रकार महासङ्घले देशभर विविध कार्यक्रमको आयोजना गरी ६९ औँ स्थापना दिवस मनाउँदै छ । 

काठमाडौँ, १६ चैत । आगामी १० वर्षमा १० हजार मेगावाट खरिद गर्ने दीर्घकालीन सम्झौता गरेको भारतले नेपाललाई दबाबमा राख्दै सर्तसहित

काठमाडौँ, १५ चैत । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशभर लालकिल्ला स्थापित गर्नुपर्ने बताएका छन् । एमाले झापाको

काठमाडौँ, १५ चैत । सरकारले विभिन्न मुख्य पाँच निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको धारा ५३