दशैँ गाथा: मार्केणडेय पुराण र देबी माहात्मय

ओम नमश्चणडईकायै ओम ऐं मार्केणडेय उवाचव । उहिले सत्य युगमा अन्याय र अत्याचारको प्रतिक दानब राजा महिषासुरको बध गारि देबता हरुलाइ राज्य फिर्ता गरेपछी पनि कालान्तरमा फेरि दैत्यराज शूम्भ निशुम्भले देबताहरुलाई स्वर्गबाट पदच्युत गर्दछन । त्यसछी भौतारिदै हिडेका देबगणहरू हालको संखुवासभा जिल्लको सभापोखरिमा बैठक बसी तत्कालीन हिमालय अधिराज्यको राजधनी गिरिराज हिमालय पर्बत हालको राजारानी हिमाल (नी पाऊ र मा भुजुंग)मा गई देबीको आराधना गर्छन ।

माता पार्बती दुध कुण्ड र शिवधारा (जाहन्वी वा गंगा)मा स्नान गर्न आउदा उनिहरुसँग भेट हुन्छ । देबताहरुको स्तुतीबाट देवी प्रसन्न भई उनकै शरिरबाट मा कौशिकिको उत्पति भई त्यो क्षेत्र कोशी प्रदेशका नामले चिनिन्छ । त्यसपछी पार्बतीको बर्ण कालो भई समस्त जगतमा कालीको रुपमा चिनिन्छिन ।

जब देबी गिरिराज हिमालयको टाकुरामा सिंहमाथि बिराजमान हुना साथ सन्सार नै उज्ज्यालो भई राक्षसहरुमा हल्ला खल्ला हुन्छ । दुत मार्फत देबीले शूम्भकी भार्या हुन अस्विकार गरे पछी देवी र दानब बीच घनघोर यूद्ध हुन्छ । यस युद्धमा लाखौं दानब सेनाले सुसज्जित धुम्रलोचन, चन्ड मुन्ड, रक्तबिज जस्ता सेनापतीहरुको बध भैसके पछि शूम्भको भाई निसुम्भ मैदानमा ओर्लिँछ ।

उसालाई पनि देबिले बध गारि सकेपछी अन्त्यमा दैत्यराज शूम्भ मैदान मा आऊदछ । देवी र दानब बीच आकास र धर्तिमा भिषण यूद्ध हुन्छ । अन्त्यमा देबी ले शूम्भ को पनि बध गरि इन्द्रलाई स्वर्ग र बाँकी देबता हरुलाई आ–अफ्नो भाग दिनु हुन्छ । यसबाट देबता हरु खुसी भर्इ स्थुती र प्राथना गर्दछन ।

यही खुशीमा नबदुर्गा को पुजा आराधना गरेमा सबै दुख कष्ट र बिप्पति हरु नास हुने बिश्वासका साथ हिमालय पर्बत्य क्षेत्रमा दशैं पर्ब धुन्धान जा साथ मनाईन्छ । ठूलाबाट सुस्वास्थ, दीर्घायू र सबै समस्याबाट बिजय प्राप्त होस भनी आशिस लीने प्रचलन छ । इति श्रीमार्कन्डेयपुराण देबी माहत्मयमा तेर्हौ अध्याय समाप्त ।।

Tej Bahadur Dhakal

Kathmandu

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असार । सूचना तथा सञ्चार मन्त्रालयले नेपालको सुरक्षा, शान्ति र व्यवस्था तथा मित्रराष्ट्रसँगको सम्बन्धमा विरोध पार्ने कुनै पनि चलचित्रलाई

काठमाडौँ, ३० असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, २९ असार । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग अवरुद्ध हुने गरी रहस्यमय ढंगले गाडी पार्किङ

काठमाडौँ, २९ असार । प्रधानमन्त्री बालेन्द्र शाहले सातै प्रदेशमा सुविधासम्पन्न ‘बर्न’(जलन) उपचार केन्द्र स्थापनाको योजना तत्काल अघि बढाउन निर्देशन दिएका छन्