प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पुर्याउने लक्ष्य

विराटनगर, २० असोज । वार्षिक ९.७ प्रतिशत वृद्धि दर अपेक्षा गरिएको आवधिक योजना अवधिमा प्रतिव्यक्ति आय एक हजार ६२० अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश नं १ प्रदेश योजना आयोगले लिएको छ । कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धि दर क्रमशः ५.७, १४.२  र  १०.२ हुने अनुमान गरिएको छ ।

विकासका प्रमुख परिणात्मक लक्ष्यतर्फ साक्षरता दर हालको ७९.१ बाट ९९ प्रतिशत, अपेक्षित आयु (जन्मको समयमा) ७० बाट ७३.१ वर्ष, कालोपत्र सडक एक हजार ५४४ बाट पाँच हजार किमी, विद्युत्मा पहुँच भएको परिवार ९१.४ बाट ९९.५ प्रतिशत, भ्रष्टाचार अनुभूति सूचाङ्क ३१ बाट ४१, बहुआयामिक गरिबी १९.७ बाट १४ प्रतिशत, मानव विकास सूचाङ्क ०.५०४ बाट ०.६०० पु¥याउने आवधिक योजनाको लक्ष्य छ ।

यस योजना कार्यान्वयनबाट प्रदेश अर्थतन्त्रको हालको संरचना परिवर्तन भई उद्योग २२ र सेवा क्षेत्रको योगदान ४९ प्रतिशत पुग्ने प्रक्षेपण भएको प्रदेश नं १ प्रदेश योजना आयोगका उपाध्यक्ष सुबोधराज प्याकुरेलले जानकारी दिनुभयो ।

योजना अवधिमा लगानी गर्नुपर्ने (आर्थिक वर्ष २०७५/७६ को स्थिर मूल्यमा) रु १४ खर्ब ४२ अर्ब र आठ करोडमध्ये सरकारले रु पाँच खर्ब ५७ करोड र निजी क्षेत्रले रु सात अर्ब ७६ करोड ५३ लाख तथा सहकारी क्षेत्रले रु ७९ अर्ब ३० करोड एवं सामुदायिक क्षेत्रले रु २८ अर्ब ४६ करोड लगानी हुने प्रक्षेपण प्रदेश योजना आयोगले गरेको छ ।

योजनाले दीर्घकालीन सोचका तीन मूल स्तम्भका रुपमा स्वच्छता, सुख र समुन्नतिका चार–चार स्तम्भको पहिचान गरी स्वच्छतामा १०, सुखका २५ र समुन्नतिका ३१ सूचक पनि निर्धारण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ जेठ । थप ३३४  जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या  २६३४ पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, २२ जेठ । लगातारको लकडाउनका कारण सर्वसाधारण समस्यामा पर्न थालेपछि सरकारले यसलाई खुकुलो बनाउने तयारी थालेको छ । सरकारले

काठमाडौँ, २१ जेठ । थप २०१ जनामा  कोरोना संक्रमण भएसगै नेपालमा संक्रमितको संख्या २३०० पुगेको छ  । स्वास्थ्य तथा जनसंख्या

काठमाडौँ, २१ जेठ ।  स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या २ हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक