नेदरल्याण्ड विरुद्ध नेपालको सानदार जीत

काठमाडौँ, २० असोज । पाँच देश सम्मिलित टी-२० क्रिकेट शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले नेदरल्याण्डलाई ४ विकेटले हराएको छ ।

नेदरल्याण्ड्सले दिएको १३३ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदै भेट्टाएको हो । नेदरल्याण्ड्सलाई १३३ रनमा राेक्न ४ विकेटकाे महत्वपूर्ण याेगदान दिएका करन केसीले १४ बलमा ३१ रन बनाएपछि नेपाल विजयी भएकाे हाे ।

टस जितेर पहिले बलिङ रोजेको नेपालले नेदरल्यान्ड्सलाई एक सय ३३ रनमा समेटेको थियो । १ सय ३४ रनको सामान्य लक्ष्य भेट्टाउन नेपाललाई निकै संघर्ष गर्नुपर्‍यो । अन्तिम ओभरमा १७ रन चाहिएको अवस्थामा करणले छक्का र चौकाको वषर्ा गरेका थिए । केवल १४ बलमा तीन छक्का र एक चौका प्रहार गरेका उनी ३१ रनमा अविजित रहे ।

अन्तिम ओभरको पहिलो बलमा छक्का प्रहार गरेका करणले दोस्रो बल डट खेले । तेस्रो बलमा उनले चौका निकाले भने चौंथो बलमा फेरि छक्का हान्दै स्कोर बराबरीमा ल्याएका थिए । पाँचौं बलमा उनले एक रन लिँदै नेपाललाई जित दिलाए ।

नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक ३३ रन बनाए पनि उनको आक्रामक रवैया आज देखिएन । उनले ४१ बलको खपत गर्दै एक छक्का र एक चौका हिर्काएका थिए । अन्य ब्याट्सम्यानहरुले पनि क्रिजमा निकै संघर्ष गरेका थिए । विनोद भण्डारीले २२ बलमा २६ रन बनाउँदै नेपालको स्कोर उकास्न मद्दत गरे ।

यसअघि बलिङमा पनि करणको उत्कृष्ट प्रदर्शन रह्यो । उनले ३.३ ओभरमा १७ रन मात्र खर्चेर चार विकेट लिन सफल भए । करणलाई सन्दीप लामिछानेले बलियो साथ दिए । सन्दीपले ४ ओभरमा २० रन खर्चेर चार विकेट नै लिए ।

नेपाली बलरहरुविरुद्ध नेदरल्यान्ड्सका कुनै पनि ब्याट्सम्यानले खुलेर खेल्न सकेनन् र, १९.३ ओभरमा सबै विकेट गुमाएर १३३ रन बनायो । पहिलो विकेट सस्तैमा गुमाएको उसका म्याक्स ओ’डाउडले स्टोनिओ स्टल र कोलिन एकरम्यानसँग मिलेर पारी सम्हाले ।

दोस्रो विकेटका लागि स्टलसँग ४१ रनको साझेदारी गरेका ओ’डाउडले तेस्रो विकेटका लागि एकरम्यानसँग ४७ रनको साझेदारी गरे । तेस्रो विकेटका रुपमा एकरम्यान आउट हुँदा नेदरल्याड्सको स्कोर ९७ रन थियो । तर थप ३६ जोड्दा सबै विकेट गुमायो । ओ’डाउडले ४३ रन बनाए । एकरम्यानले २९ र स्टलले २१ रन बनाए ।

करण केसीको उत्कृष्ट प्रदर्शनसँगै नेपालले नेदरल्याड्सविरुद्ध सनसनीपूर्ण जित हासिल गरेको छ । ब्याटिङ र बलिङ दुवैमा करण चम्किँदा नेदरल्यान्ड्स ४ विकेटले स्तब्ध बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन