टी–ट्वान्टी क्रिकेट सिरिज आजबाट सुरु

काठमाडौँ, १८ असोज । नेपाल सम्मिलित पाँच राष्ट्रबीचको टी–ट्वान्टी क्रिकेट सिरिज आजबाट सुरु हुँदैछ

ओमान क्रिकेटले आयोजना गरेको आइसीसी टी–ट्वान्टी विश्वकप छनोटको तयारीका रुपमा रहेक सिरीज आजबाट ओमानमा सुरु हुँदैछ ।

उक्त  सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । पहिलो दिन दुई खेल हुने प्रतियोगितामा नेपालले भने आइतबार मात्र प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको पहिलो दिन घरेलु टिम ओमान र हङकङबीच बिहान साढे नौ बजे प्रतिस्पर्धा हुनेछ । दोस्रो खेल आयरल्याण्ड र नेदरल्याण्डबीच दिउँसो साढे एक बजे प्रतिस्पर्धा हुनेछ ।

नेपालले भने पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको