‘बिजनेस अफ फेशन ५००’ मा दीपिका

काठमाडौँ, १७ असोज । बलिउड नायिका दीपिका पादुकोणलाई ‘बिजनेस अफ फेशन ५००’ ले ग्लोबल फेशन उद्योगमा योगदान गरेको कारण सदस्यको रुपमा चुनेको छ ।

बिजनेस अफ फेशन ५००’ फेशन उद्योगमा संसारमै २.४ ट्रिलियन डलरको आकार दिने व्यक्तिहरुको संकेतसूची हो । यसका सदस्यमा सूचीकृत हुनका लागि थुप्रै डाटाहरुको विश्लेषण र अनुसन्धान हुने गर्छ ।

उक्त सूचीमा बलिउड नायिका दीपिका पादुकोणको पनि कान्स–२०१९ मा पहिरिएको हरियो रङको ड्रेसको फोटो राखिएको छ । फोटोसँगै उनको बारेमा केही जानकारी पनि दिइएको छ । प्रोफाइलमा उनलाई सबैभन्दा धेरै पारिश्रमिक लिने र अप्रिल २०१९ मा अमेरिकाको भोग म्यागेजिनको कभर गर्ल भएको पनि जानकारी दिएको छ । ‘बिजनेस अफ फेशन ५००’ पर्ने उनी बलिउडकी एकमात्र अभिनेत्री हुन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बैतडी, ७ कार्तिक । महाकाली राजमार्गअन्र्तगत बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको सिन्केलेकमा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ

पाल्पा, ७ कार्तिक । दलित व्यक्तिलाई कुटपिट गर्ने एक जना जनप्रतिनिधि पाल्पामा पक्राउ परेका छन् । पक्राउ पर्नेमा तिनाउ गाउँपालिका–६

काठमाडौँ, ७ कार्तिक । बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर

काठमाडौँ, ७ कार्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बेथितीको चाङले भरिएको छ । मन्त्रालयका उपसचिव भबनाथ खतिवडाको कार्यकक्षमा रहेको कम्प्यूटरको