काभ्रे, १७ असोज । पनौती–४ मा केन्द्रीय कार्यालय रहने गरी अभियान लघु वित्तिय संस्था स्थापना भएको छ ।
संस्थाको उद्घाटन गर्दै अर्थमन्त्री युवराज खतिवडाले मध्यम र साना व्यवसायीलाई प्रोत्साहन गर्न लघु वितिय संस्थाको आवश्यकता महसुश गरिएको भन्दै उहाँले कम मुनाफामा सेवा दिन अनुरोध गर्नुभयो ।
संस्थाका अध्यक्ष बाबुराम थापाले पहिलो चरणमा १० जिल्लाका १६ स्थानमा शाखा स्थापना गर्ने लक्ष्य रहेको बताउनुभयो । उहाँले राष्ट्रिय स्तरको वित्तिय संस्थाको कुल पुँजी २५ करोड रहेको पनि जानकारी दिनुभयो ।
कार्यक्रममा पूर्वमन्त्री हरिप्रसाद पराजुली, प्रदेशसभा सदस्य चन्द्र लामा, पनौती नगर उपप्रमुख गिता वञ्जारा, आरएमडिसी लघु वित्तिय संस्थाका ज्योतीचन्द्र ओझा, अभियान लघु वित्तिय संस्थाका अध्यक्ष बाबुराम थापा, प्रमुख कार्यकारी अधिकृत लक्ष्मीश्वर देवकोटाले सबै क्षेत्रमा वित्तिय पहुँच पुर्याउनु पर्ने तर्क गर्नुभयो ।







