विदेशी संस्थाको सहयोगमा चल्छ विद्यालय र पढाइ

काठमाडौँ, १६ असोज । माथिल्लो डोल्पामा तीनवटा गाउँपालिका छन्। तीनै स्थानीय तहको एक मात्र सरकारी मावि हो, तापरिचा । शे फोक्सुन्डो गाउँपालिकाको यो स्कुल स्विस र अमेरिकी संस्थाको सहयोगमा चलिरहेको छ । ती संस्थाले वार्षिक ७० लाख रुपैयाँ खर्च गरिरहेको डोल्पा सामाजिक सहयोगका लागि तापरिचाका प्रोजेक्ट कोअर्डिनेटर सेम्दुक लामा बताउँछन्। यही संस्थामार्फत तापरिचा स्कुलमा विदेशीले लगानी गरिरहेका छन् ।

यहाँ सरकारी दरबन्दीका १० शिक्षक छन् । पाँच जना निजी स्रोतका छन् । विदेशीले दिएको पैसाबाट शिक्षक र विद्यार्थीलाई आवासीय सुविधा मिलाइएको छ । विद्यालय भवन निर्माणदेखि विद्यार्थीको पौष्टिक आहार, पोसाक, स्टेसनरी, साबुन, टुथब्रस, औषधि सबै खर्चको प्रबन्ध गरिएको लामा सुनाउँछन् ।

माथिल्लो डोल्पाका अधिकांश सरकारी विद्यालयमा कुनै न कुनै रूपमा विदेशीले सहयोग गरिरहेका छन्। पर्यटकले यो क्षेत्रमा शिक्षाको अभाव देखेपछि विद्यालय खोल्न स्थानीयलाई हौस्याएका थिए । क्रिस्टल पनि २५ वर्षअघि विदेशीकै सहयोगमा खुलेको थियो ।

सरकारी दरबन्दीका पाँच तथा विदेशीले दिएको पैसाबाट सात शिक्षक राखेर यो स्कुलको पढाइ चलिरहेको छ। काठमाडौंमा रहेका विद्यार्थीको होस्टल र पढाइ शुल्क पनि विदेशीले भिजन डोल्पामार्फत तिरिरहेका छन् । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर