शिक्षक र विद्यार्थीलाई टिका, जमरासहित दक्षिणा पनि

काठमाडौँ, १५ असोज । हिन्दु धर्मावलम्वीहरुको ठुलो चाड वडादशैंको अवसर पारेर सुविधानगर तिनकुनेस्थित ट्रिटन सेकेण्डरी स्कुलका सबै विद्यार्थी, शिक्षक र कर्मचारीहरुलाई टिका, जमरा लगाइदिनुको साथै दक्षिणाका साथमा शुभकामना दिँदै दशैं विदा दिइएको छ ।

धेरैजसो विद्यालयले विद्यार्थीलाई टिका र जमरामात्रै लगाइदिने परम्परा रहि आएकोमा ट्रिटन स्कुलले भने विद्यार्थी, शिक्षक र कर्मचारी सबैलाई गतवर्षदेखि नै दक्षिणा समेत दिएर शुभकामना दिने परम्परा बसालेको हो ।

विद्यार्थीले विद्यालयमै उमारेर स्याहारेको पँहेलो जमरा र रातो टिका लगाइदिँदै ट्रिटन सेकेण्डरी स्कुल तथा ट्रिटन इन्टरनेशनल कलेजका कार्यकारी अध्यक्ष विश्वनाथ प्रसाद शाहले विद्यालयमा टिका लगाउने कार्यको शुरुवात गरेका थिए । कार्यक्रममा ट्रिटन इन्टरनेशल कलेजका प्राचार्य समिर शर्मा पनि सहभागी थिए ।

शिक्षक र कर्मचारीलाई विद्यालयका निर्देशक राजन सुवेदी तथा भाइस प्रिन्सिपल ममता शाहले टिका, जमरा लगाउँदै उमेर र पद अनुसार दक्षिणा बाँडेका थिए भने सबै विद्यार्थीहरुलाई टिका लगाई दक्षिणा र शुभकामना कार्ड समेत वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओली आज अजरबैजान जाँदै हुनुहुन्छ । अजरबैजानको बाकुमा हुने असंलग्न राष्ट्रका प्रमुखहरूको १८

काठमाडौँ, ७ कार्तिक । प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका काभ्रेपलाञ्चोक जिल्ला सेक्रेटरी सुन्तली थोकरलाई पक्राउ गरेको छ । पनौती नगरपालिका–९

काठमाडौँ, ७ कार्तिक । जिउदै मान्छेलाई इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्वमन्त्री अफताब आलम पक्राउ परेपनि अन्य

काठमाडौँ, ७ कार्तिक । तत्कालीन राजपरिवारको सम्पत्तिबाट प्राप्त आय आर्जनलाई अझैसम्म राष्ट्रहितमा खर्च गरिएको छैन । नेपाल ट्रष्ट ऐनले तत्कालीन