काठमाडौँ, १४ असोज । आज मंगलबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ८ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ६८ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





