सिंगापुरले जिम्बावेलाई हराएपछि नेपाल शीर्ष स्थानमा

काठमाडौँ, १३ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत आयोजक सिंगापुरले जिम्बावेलाई पराजित गरेसँगै नेपाल शिर्ष स्थानमा पुगेको छ ।

आइतबार राति भएको खेलमा सिंगापुरले टेष्ट राष्ट्र जिम्बावेलाई ४ रनले हराएको हो । सिंगापुरले दिएको १८२ रनको लक्ष्य पछ्याएको जिम्बावेले निर्धारित १८ ओभरमा ७ विकेटको क्षतिमा १७७ रन बनायो ।

वर्षाले प्रभावित गरेपछि १८ ओभरमा झारिएको खेलमा जिम्बावेका लागि कप्तान सिन विलियन्सले ६६, रेगिस चाकबभाले ४८ र टिनोटेण्डा मुटुमबोड्जीले ३२ रन बनाए । त्यसअघि सिंगापुरले निर्धारित १८ ओभरमा ९ विकेटको क्षतिमा १८१ रन बनाएको थियो ।

सिरिजको तीन वटै टिमले सुरुवती २र२ खेल खेल्दा १र१ जित हात पारेका छन् । सबै टोलीको समान २र२ अंक भएपनि नेपाल रनरेटका आधारमा शीर्षस्थानमा छ ‌।

नेपालले २ खेलबाट २ अंक जोडेको छ । पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित नेपालले दोस्रो खेलमा सिंगापुरलाई ९ विकेटले हराएको थियो । दोस्रो स्थानमा झरेको जिम्बावेको पनि २ खेलबाट २ अंक रहेको छ । त्यस्तै, २ अंक नै जोडेको सिंगापुर तेस्रो स्थानमा छ ।

अब नेपालले मंगलबार जिम्बावे र बुधबार सिंगापुरसँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको