काठमाडौँ, ११ असोज । नेपालले सिंगापुरलाई ९ विकेटले हराएको छ र त्रिकोणात्मक सिरिजमा पहिलो जित हात पारेको छ ।
सिंगापुरले दिएको १५२ रनको लक्ष्य नेपालले १६ ओभरमा मात्र एक विकेट गुमाएर भेट्टायो । इशान पाण्डे मात्र ५ रनमा आउट भए, जतिबेला टिमको स्कोर ९ रन थियो । तर पारसले कप्तानी पारी खेले ।
दोस्रो विकेटका लागि आरिफ शेखसँग १४५ रनको शाझेदारी गरेका उनले मात्र ४९ बलमा शतक पुरा गरेका थिए । उनी १०६ रनमा अविजित रहे । पारसलाई साथ दिएका आरिफ ३९ रनमा अविजित रहे ।





