‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ दौड सम्पन्न, ४२ वटा पदक वितरण

काठमाडौँ, ११ असोज । उज्ज्वल तारा स्कुल, काँडाघारीको आयोजनामा विविध सन्देशमुलक कार्यक्रम सहित दौड आयोजना गर्दै ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ भव्यतापूर्वक सम्पन्न भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र प्रतिष्ठाको रुपमा विगत तीनवर्षदेखि यो दौड आयोजना गर्दै आइएको छ । एकै परिवारका हजुरबुबादेखि पनातिसम्म गरि चार पुस्ताका सदस्यदेखि विद्यार्थी र जेष्ठ नागरिकसमेत गरि एकहजार भन्दा बढीले भाग लिएको सो दौडको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेका थिए ।

 

दौड उद्घाटन कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइराला र हवाई सेवा सञ्चालक संघ तथा सिम्रिक एयरका अध्यक्ष क्याप्टेन रामेश्वर थापाको पनि सहभागिता थियो ।

आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्य सम्वन्धि जनचेतना अभिवृद्धि गर्न र दशैंको शुभकामना आदान प्रदान गर्ने उद्धेश्यका साथ तेस्रो वर्ष आयोजना गरिएको सो दौडका १४ विधाका विजयीहरुलाई नगरप्रमुख थापा, दौड कार्यक्रम संयोजक एवम् विद्यालयका संस्थापक सल्लाहकार विष्णु बहादुर कार्की, विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेल, विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गायत्री थापा कार्की, मेगा बैंकका प्रमुख कार्यकारी अध्यक्ष भोजबहादुर शाह, गल्फ गुरु घनश्याम थापा, ९ नं वडाध्यक्ष कुन्दन खडका, ७ नं अध्यक्ष जीवन थापा, ८ नं अध्यक्ष श्रीकृष्ण चापागाईलगायतले विजयीहरुलाई ट्रफि, पदक र प्रमाणपत्र वितरण गरेका थिए । निर्धारित दुरीको दौड पुरा गरेका सबै धावकलाई पदक प्रदान गरिएको थियो ।

 

कार्यक्रममा नेपालको पुराना धावकद्धय जीतबहादुर केसी र विमला राना मगरलाई जनही नगद ११ हजार १ सय ११ रुपैया सहित उज्ज्वल तारा खेल सम्मानद्धारा सम्मान गरिएको थियो भने स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान गरेका काँडाघारीका डा.ध्रुवकुमार खड्का र सामुदायीक वनक्षेत्रको विकासमा विशेष योगदान गरेका डा.ध्रुवप्रसाद आचार्य, नेपाल दुरसञ्चार प्राधिकरणका कार्यकारी अध्यक्ष पुरुषोत्तम खनाललाई सम्मान गरियो ।

महिला र केटाकेटीका लागि ३ किलोमिटर, पुरुष तथा वहालवाला र सेवानिवृत्त सुरक्षाकर्मीहरुका लागि ५ किलोमिटर दुरी दौडको साथै ६० वर्षको उमेर माथिका महिला पुरुषका लागि ३ किलोमिटर हिँड्ने व्यवस्था मिलाइएको र यसका लागि १४ वटा विधामा पहिलो, दोस्रो र तेस्रो हुने धावकका लागि पदक, ट्रफि र प्रमाणपत्रको व्यवस्था गरिएको थियो ।

सबै विधाको दौड पुरा गर्ने धावकहरुको चेष्ट नम्बरलाई समावेश गरि अन्तिममा गोलाप्रथाद्धारा एक महिला र एक पुरुष धावकलाई एक÷एक जोर ट्रयाक सुट र एक वर्षको लागि नागरिक दैनिकको ग्राहक पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर