साताको शेयर बजार

काठमाडौँ, ११ असोज । धितोपत्र बजारमा साता अपेक्षाकृतरुपमा बजारले गति लिन सकेन ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कूल १७१ कम्पनीको ४० लाख ४१ हजार ९१९ कित्ता शेयर कारोवार भयो । कारोवार भने अर्बको हाराहारीमा मात्रै रह्यो । कूल रु एक अर्ब १९ लाख ७० हजार ८५७ बराबरको भएको छ ।

साताको पहिलो दिन नै शेयर कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्यो । सो दिन नेप्से १६.०५ बिन्दु अर्थात् १.३९ प्रतिशतले घटेर एक हजार १३९.२५ बिन्दुमा पुग्यो । कूल १६६ कम्पनीको आठ लाख ४८ हजार ६६२ कित्ता शेयर रु २२ करोड ६९ लाख ५० हजार २३८ मूल्यमा खरीद बिक्री भए ।

साताको दोस्रो नेप्से परिसूचक झिनो अङ्कले बढ्यो । सो दिन नेप्से परिसूचक १.७३ अङ्कले बढेर एक हजार १४०.९८ मा पुग्यो । कूल १७० कम्पनीको सात लाख ४३ हजार ३१५ कित्ता शेयर रु १७ करोड ७२ लाख ७९ हजार ३९ मा खरीद बिक्री भए ।

साताको तेस्रो दिन नेप्से परिसूचक पुनः ओरालो लाग्यो । सो दिन नेप्से परिसूचक ६.४२ बिन्दुले घटेर एक हजार १३४.५६ बिन्दुमा झ¥यो । कूल १७१ कम्पनीको आठ लाख ७३ हजार ७९ कित्ता शेयर रु २१ करोड ८२ लाख ७८ हजार ४४९ मूल्यमा खरीद बिक्री भए ।

बुधबार पनि नेप्सेको ओरोलो यात्रा कायम रह्यो । सो दिन नेप्से परिसूचक ३.०३ अङ्कले घटेर एक हजार १३१.५३ मा पुग्यो । कूल १६६ कम्पनीको सात लाख ७७ हजार ७३५ कित्ता शेयर रु १६ करोड ६९ लाख २१ हजार ७७९ मा खरीद बिक्री भए ।

साताको अन्तिम दिन पनि नेप्सेको ओरालो यात्रा आज पनि कायम रह्यो । सो दिन नेप्से १.७३ बिन्दुले घटेर एक हजार १२९.८० बिन्दुमा पुग्यो । कूल १६८ कम्पनीको सात लाख ९९ हजार १२८ कित्ता शेयर रु २१ करोड २५ लाख ४१ हजार ३५२ मूल्यमा खरीद बिक्री भए ।

यस साता पनि बजार पूँजीकरणका आधारमा नेपाल दूरसञ्चार कम्पनी नै शीर्ष स्थानमा रह्यो । नवील बैंक, नेपाल इन्भेस्टमेन्ट बैंक, एभरेष्ट बैंक, स्ट्याण्र्डड चार्टड बैंक, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, हिमालयन बैंक, कृषि विकास बैंक, एनएमबी बैंक र एनआइसी एशिया बैंक क्रमशः शीर्ष स्थानमा रहे ।

स्टकमा यस साता विभिन्न चार कम्पनीका शेयर सूचीकृत भए । त्यसमा लुम्बिनी विकास बैंकको ३७ लाख ७१ हजार ९७२ कित्ता शेयर लाभांश, सिद्धार्थ म्युअल फण्डको १२ करोड एकाइ साधारण शेयर, सिद्धार्थ इन्स्योरेन्सको १३ लाख ४० हजार ८१६ कित्ता शेयर लाभांश र सगरमाथा इन्स्योरेन्स कम्पनीको ४६ लाख २९ हजार ३१० कित्ता शेयर लाभांश सूचीकृत भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २० कार्तिक । ग्लाेबल आइएमई बैंक लिमिटेडले काठमाडौँको उत्तरढोकामा आफ्नो अत्याधुनिक कर्पोरेट भवन निर्माणको काम अघि बढाएको छ ।

काठमाडौँ, २० कार्तिक । अर्थमन्त्री स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षमा  ७/८ अर्ब अनुदान प्राप्त गर्न पनि गाह्रो अवस्था भएको बताएका छन्

काठमाडौँ, २० कार्तिक । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ५ हजार

काठमाडौँ, २० कार्तिक । नेपालीहरूको दोस्रो ठुलो चाड तिहार (दीपावली) तथा छठ पर्वलाई लक्षित गरी चालु आर्थिक वर्ष (२०८३/०८४) को पहिलो