काठमाडौँ, ११ असोज । सिंगापुरमा जारी त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको दोस्रो खेलमा आज नेपाल र सिंगापुर भिड्दै छ ।
इन्डियन एसोसियसनको मैदानमा नेपाल र सिंगापुरबीचको खेल नेपाली समय अनुसार साँझ सवा ५ मा सुरु हुनेछ ।
पहिलो खेलमा नेपाल जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो । आज हुने खेलमा घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल पहिलो जितको खोजीमा हुनेछ ।






