एनआईसी एशिया बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौँ, १० असोज । एन आई सी एशिया बैंकको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले रु. १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

जसमध्ये १० प्रतिशतका दरले हुन आउने रु. ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर र ११.०५२६ प्रतिशत हुन आउने रु. ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।

यस बैकमा डी म्याट खाता हुने शेयरधनी महानुभावहरुलाई आजकै मितिबाट नगद लाभांश भुक्तानी गर्न शुरु गरिसकिएको तथा डी म्याट खाता नहुने शेयरधनीहरुले यथाशीघ्र डी म्याट खाताको लागि बैंकको शेयर रजिष्ट्रार एन आई सी एशिया क्यापिटल तथा बैंकको नजिकैको शाखा कार्यालयमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

हाल बैंकको मुलुकभर ३०१ शाखा कार्यालयहरु, ३६२ एटिएम, ७० वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुको न्यून उपस्थिति रहेका मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू कुनै पनि कमजोर नैतिक धरातलमा नउभिएको स्पष्ट पार्दै आफ्नो चरित्रमाथि प्रश्न

काठमाडौँ, १९ कार्तिक । नेपालका लागि अमेरिकाको राजदूतावासकी कार्यवाहक प्रमुख मेगन बोल्डिनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आज

काठमाडौँ, १९ कार्तिक । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले सरकारले आगामी लगानी सम्मेलनलाई परियोजना घोषणामा मात्र सीमित नगरी मुलुकमा बनेका लगानीमैत्री

काठमाडौँ, १९ कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)को दर्ज्यानी चिह्न प्राप्त गरेलगत्तै प्रहरी हेडक्वाटर पुगेर डा. मनोजकुमार केसीले मातहत प्रहरी कर्मचारीलाई निर्देशन