अर्काको फेसबुक लाइक हेर्न नपाइने

एजेन्सी, १० असोज । अष्ट्रेलियामा आजबाट सामाजिक सञ्जाल फेसबुकले प्रयोगकर्ताको पोस्टमा लाइकको संख्या लुकाउने भएकोे छ ।

अस्ट्रेलियाका प्रयोगकर्ताले अर्काको पोस्टमा गरिएका लाइकको संख्या  वा जनाइएका प्रतिक्रिया हेर्न नपाउने जनाइएको छ ।

प्रयोगकर्तामाझ सामाजिक दबाव घटाउने प्रयासस्वरूप लाइकको संख्या घटाउन चाहेको फेसबुकको भनाइ छ । आफ्ना पोस्टमा चाहिँ गरिएका लाइकको संख्या  प्रयोगकर्ताले हेर्न पाउने कम्पनीले जनाएको छ ।

कम्पनीकी प्रवक्ता मिआ गार्लिकले अस्ट्रेलियन एसोशिएटेड प्रेसलाई भनिन्, ‘लाइक वा पोस्टमा जनाइएका प्रतिक्रियाको संख्यामा भन्दा अन्तरक्रिया तथा विषयस्तुको गुणस्तरबारे मान्छेले ध्यान दिऊन् भनेर हामीले संख्याको कुरा हटाउन लागेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ असोज । आज सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन ५ हजार रुपैयाँले

काठमाडौँ, १२ असोज । एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ वार्षिक बैठकमा सहभागी हुन दोहा पुग्नुभएका अर्थमन्त्री

काठमाडौँ, १२ असोज । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४२२.५ ग्राम सुनजस्तो देखिने पहेँलो धातुसहित एक जना भारतीय नागरिक पक्राउ परेका छन्

काठमाडौँ, १२ असोज । वर्षा रोकिएको २४ घण्टाको अवधिमा नारायणी नदीमा पानीको सतह स्वात्तै घटेको छ । आज बिहान साढे ६