काठमाडौँ, १० असोज । दसैंका लागि आजदेखि सर्वसाधारणले नयाँ नोट साट्ना पाउने भएका छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आजदेखि १७ गतेसम्म सर्वसाधारणले नयाँ नोट साट्न पाउने छन् । एक व्यक्तिले १८ हजार ५ सय रुपैयाँसम्म नयाँ नोट सटही गर्न पाउने छन् । नयाँ नोट ५, १०, २०, ५० र १ सय र ५ सयका नयाँ नोट सर्वसाधारणले पाउने छन् । थप नोट लिन चाहनेहरुका लागि पुराना तर सुकिला नोट उपलब्ध गराउने राष्ट्र बैंकले बताएको छ ।
नयाँ नोट साट्न पाइने ठाउँ :
१. राष्ट्र बैंकका अनुसार उपत्यकामा २३ ठाउँबाट नयाँ नोट साट्न सकिने छ ।
२. नेपाल बैंकका सात वटा शाखाहरू, राष्ट्रिय वाणिज्य बैंकका केन्द्रीय कार्यालयसहित १० वटा शाखाहरू, कृषि बैंकका छ वटा शाखाहरूबाट नयाँ नोट साट्न सकिने छ ।
३. नेपाल बैंकका शाखा कार्यालयहरू न्यूरोड, कीर्तिपुर, महाराजगन्ज, जोरपाटी, पाटन औद्योगिक क्षेत्र, लाजिमम्पाट र भक्तपुरबाट नयाँ नोट साट्ने सकिने छ ।
४. राष्ट्रिय वाणिज्य बैंकका शाखाहरू – सिंहदरबारप्लाजा केन्द्रीय कार्यालय, सिंहदरबार परिसर, टेकु, नयाँबाजेश्वर, सानो थिमी, विशालबजार, नक्साल, बालाजु, लुभु र टोखाबाट नयाँ नोट साट्ना सकिने छ ।
४. कृषि बैंकका शाखाहरू- गौशला, गठ्ठघर, रमशहपथ, रत्नपार्क,थानकोट र पुलचोकबाट दसैंको लागि नयाँ नोट साट्न सकिने छ ।
५. उपत्यकाबाहिर बिराटनगर, जनकपुर, वीरगन्ज, पोखरा, सिद्धार्थनगर, नेपालगन्ज र धनगढीका राष्ट्र बैंक कार्यालयबाट नयाँ नोट सटही हुनेछ ।






