काठमाडौँ, ९ असोज । आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा १ हजार रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदी प्रतितोला २५ रुपैयाँले घटेर प्रतितोला ८ सय ६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





