काठमाडौँ, ८ असोज । ह्याकरको समूहले सिस्टम ह्याक गरेर कृषि विकास बैंकको १ करोड ५६ लाख रुपैयाँ चोरी गरेको छ ।
नेपाल राष्ट्र बैंकले कृषि विकास बैंकको लहान शाखाबाट नौलो तरिकाले रकम लुटिएको पुष्टि गरेको छ । ‘प्रारम्भिक अनुसन्धानमा १ करोड ५६ लाख देखिएको छ, बाँकी हामी अनुसन्धानमै छौं’, राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले भन्नुभयो, ‘विगतमा भएको ह्याकिङ प्रकरणभन्दा यो नयाँ हो ।’





