विद्यालय शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम

पोखरा, ७ असोज । पोखरा महानगरपालिकाका विभिन्न ३० वटा विद्यालयका ६० जना अगुवा शिक्षकहरुलाई जीवन उपयोगी सीप तालिम प्रदान गरिएको छ । असोज २ गतेदेखि शुरु भएको तालिमको समापन मंगलबार एक समारोहकाबीच भएको छ ।

तालिमको समापन समारोहमा बोल्दै आयोजक संस्था बाल हीतकारी परियोजना नेपालका अध्यक्ष गोविन्द पहारीले यस्ता तालिमहरुले शिक्षकहरुलाई उत्प्रेरित गर्ने बताउनुभयो । गैर सरकारी संस्थाहरुले सरकारले खनेको जगमा नै इटा थप्नेमा काम गर्ने कुरा उल्लेख गर्दै अध्यक्ष पहारीले तालिमलाई सफल बनाउन व्यवहारमा समेत परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै किडासाका परियोजना व्यवस्थापक सञ्जय आत्रेयले परियोजनाबाट महानगरका पाँच हजार चार सय विद्यार्थीहरु लाभान्वीत हुने जानकारी दिनुभयो । तालिमका सिकाई १३ देखि १६ वर्षका किशोर किशोरीहरुलाई विशेष उपयोगी हुनेमा विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा सहभागीहरुका तर्फबाट महेन्द्र माध्यामिक विद्यालयका बन्दना केसी र नवप्रभात माध्यामिक विद्यालयका शान्तराम लामिछानेले मन्तव्य राख्नुभयो । उनीहरुले तालिम उपयोगी भएको धारणा राख्दै सिकेको सिकाइलाई कार्यस्थलमा कार्यान्वयन गर्ने समेत प्रतिबद्धता जनाउनुभयो ।

तालिममा विभिन्न जीवन उपयोगी सीपहरुको बारेमा प्रशिक्षक भक्तराज रसाइलीले शिक्षकहरुलाई सहजीकरण गर्नुभएको थियो । समापन कार्यक्रम परियोजनाका अध्यक्ष गोविन्द पहारीको अध्यक्षता तथा केशव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

तालिम बाल हीतकारी परियोजना नेपालको आयोजना तथा किडासाको आर्थिक तथा प्राविधिक सहयोगमा सम्पन्न भएको परियोजनाका फिल्ड निर्देशक रविन्द्र आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असाेज । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई प्रविधिको विस्तार, सरकारी सेवाको आधुनिकीकरण र कार्यक्षमता अभिवृद्धिमा

काठमाडौँ, ४ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले ‘राइट टु रिकल’ कार्यान्वयन गर्ने विषयमा छलफल गरेको छ । आज केन्द्रीय कार्यालय वनस्थलीमा

काठमाडौँ, ४ असाेज । जलवायु तथा वातावरणसम्बन्धी कूटनीतिक प्रयासलाई थप संस्थागत र प्रभावकारी बनाउने उद्देश्यले परराष्ट्र मन्त्रालयले पहिलोपटक वातावरण कूटनीति शाखा

काठमाडौँ, ४ असाेज । राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले दाहाललाई मोरङको सुन्दरहरौचाबाट साइबर