काठमाडौँ, ७ असोज । एन आई सी एशिया बैंक लिमिटेड र सेलवेज क्यास एण्ड क्यारीअन्तर्गतका सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच सम्झौता भएको छ ।
एन आई सी एशिया बैंकको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५% वा अधिकतम रु. ५०० सम्म छुट प्रदान गर्ने सम्झौता भएको हो ।
यो अफर सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने छ । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारी प्रा। लिको तर्फबाट कम्पनीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरे ।






