मेस्सीलाई ‘फिफा वर्ष खेलाडी’को अवार्ड

 एजेन्सी, ७ असोज । स्पेनिस बार्सिलोना तथा अर्जेन्टिनाका सुपरस्टार लिओनल मेस्सीले ‘फिफा वर्ष खेलाडी’को अवार्ड जितेका छन् ।

सोमबार राति इटालीको मिलानमा फिफाद्वारा आयोजित अवार्ड घोषणा सभामा मेस्सीलाई ‘बेस्ट फिफा प्लेयर अफ् द इयर’ घोषणा गरिएको हो । भर्जिल भान डाइक र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै उनले २०१९ को फिफा वर्ष खेलाडीको अवार्ड जितेका हुन ।

यो अवार्डसँगै मेस्सीले आफ्नो करिअरमा नयाँ इतिहास रचेका छन् । मेस्सीले रोनाल्डोलाई पछि छाड्दै सर्वाधिक धेरै फिफा बेस्ट अवार्ड जित्ने कीर्तिमान आफ्नो नाममा बनाए ।

मेस्सीले ला लिगको उपाधि जित्नुका साथै युरोपेली गोल्डेन बुट जितेका थिए । तर च्याम्पियन्स लिगमा सेमिफाइनलबाटै बाहिरिएको थियो । मेस्सीले गएको सिजन बार्सिलोना र अर्जेन्टिनाका लागि गरी ५८ खेलमा ५४ गोल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ कार्तिक । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय प्राप्त भएको उपलक्ष्यमा उत्सव मनाउने दिन विजयादशमीका अवसरमा देश तथा

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको