तनहुँ, ५ असोज । बास्केटबल खेल्दा खेल्दै एक जनको मृत्यु भएको छ ।
शनिबार बास्केटबल खेल्दा खेल्दै ह्दयघातका कारण व्यास नगरपालिका–२ का स्थानीय २९ बर्षिय गौरब श्रेष्ठको मृत्यु भएको हो ।
अकस्मात बेहोस भएपछि दमौली अस्पतलामा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।





