चिफकोच राईलाई बिदाई तथा नबनियुक्त श्रेष्ठलाई स्वागत

काठमाडौँ, ४ असोज । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा निबर्तमान चिफकोच नन्दु कुमार राईलाई बिदाई तथा नब नियुक्त चिफकोच नबिन कुमार श्रेष्ठलाई एक समारोहका बीच बिदाई तथा स्वागत कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै नवनियुक्त चिफकोच तथा नेपाल तेक्वान्दो संघका सचिव नबिन कुमार श्रेष्ठले आगामी दिनमा नेपाली तेक्वान्दो खेललाई अगाडी बढाउन आवश्यक पर्ने सबै काम गर्न आफु तयार रहेको बताउनुभयो र यो खेलको बिकाशका लागि छुट्टै योजना तयार गरी अगाडी बढ्ने बताउनु भयो ।

नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का उपाध्यक्ष प्रो। प्रकाश खड्गीले प्रदेशको तर्फबाट तेक्वान्दो बिकासको लागि आबस्यक सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । केन्द्रीय उपाध्यक्ष हरिसोर पोखरेल आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोरियन गुरु क्वान गुरुले नेपालमा तेक्वान्दो खेल बिकासको लागी सबै एकभयर अगाडी बढ्न अनुरोध गरेका थिए ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरीले बिचार राख्दै आजसम्म हामिले हाम्रा स्टार खेलाडीहरुको नामले चिनियका थियौ अब हाम्ले परिणाम दिने समय आएको छ । जबसम्म खेलाडीहरूलाई आत्मा बिस्वास दिलाउन सकिन्न तब सम्म परिणामको आसा गर्न सकिन्न, यसर्थ हामी एकजुट भई यो खेलको बिकाशका लागि एकजुट भएर लागौ परिणाम नजिक छ भन्दै आगामी साफका लागि प्रदेशबाट सकिने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी