चिफकोच राईलाई बिदाई तथा नबनियुक्त श्रेष्ठलाई स्वागत

काठमाडौँ, ४ असोज । नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ द्वारा निबर्तमान चिफकोच नन्दु कुमार राईलाई बिदाई तथा नब नियुक्त चिफकोच नबिन कुमार श्रेष्ठलाई एक समारोहका बीच बिदाई तथा स्वागत कार्यक्रम आयोजना गरी सम्मान गरेको छ ।

कार्यक्रममा बोल्दै नवनियुक्त चिफकोच तथा नेपाल तेक्वान्दो संघका सचिव नबिन कुमार श्रेष्ठले आगामी दिनमा नेपाली तेक्वान्दो खेललाई अगाडी बढाउन आवश्यक पर्ने सबै काम गर्न आफु तयार रहेको बताउनुभयो र यो खेलको बिकाशका लागि छुट्टै योजना तयार गरी अगाडी बढ्ने बताउनु भयो ।

नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का उपाध्यक्ष प्रो। प्रकाश खड्गीले प्रदेशको तर्फबाट तेक्वान्दो बिकासको लागि आबस्यक सबै सहयोग गर्न तयार रहेको बताउनुभयो । केन्द्रीय उपाध्यक्ष हरिसोर पोखरेल आफ्नो बिचार राख्नु भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कोरियन गुरु क्वान गुरुले नेपालमा तेक्वान्दो खेल बिकासको लागी सबै एकभयर अगाडी बढ्न अनुरोध गरेका थिए ।

सो अवसरमा कार्यक्रमका अध्यक्ष तथा नेपाल तेक्वान्दो संघ प्रदेश नं ३ का अध्यक्ष केशब पुरीले बिचार राख्दै आजसम्म हामिले हाम्रा स्टार खेलाडीहरुको नामले चिनियका थियौ अब हाम्ले परिणाम दिने समय आएको छ । जबसम्म खेलाडीहरूलाई आत्मा बिस्वास दिलाउन सकिन्न तब सम्म परिणामको आसा गर्न सकिन्न, यसर्थ हामी एकजुट भई यो खेलको बिकाशका लागि एकजुट भएर लागौ परिणाम नजिक छ भन्दै आगामी साफका लागि प्रदेशबाट सकिने सहयोग गर्न तयार रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ असोज । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको

काठमाडौँ, ६ असोज । भक्तपुरको चाँगुनारायण नगरपालिका–०२ दुवाकोटमा मोटरसाइकलको ठक्करबाट अन्दाजी ६५ वर्षीय पुरुष पैदलयात्रीको मृत्यु भएको छ । प्रहरीका अनुसार

काठमाडौँ, ६ असोज । बजारमा अनारको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकका

काठमाडौँ, ६ असोज । पाँचथरमा इन्सास राइफलको गोली, बारुद र खुकुरीसहित एक जना पक्राउ परेका छन् । पाँचथर प्रहरीका अनुसार कुम्मायक