उज्ज्वलतारा स्कुलले धावक केसी र मगरलाई नगदसहित सम्मान गर्ने

भगवान कोइरालाको वाल अस्पताललाई ५ लाख सहयोग

काठमाडौँ, ४ असोज । कागेश्वरी मनोहरा नगरपालिका वडा नं ९ उज्ज्वल नगरस्थित उज्ज्वल तारा स्कुलले नेपालका पुराना धावकद्वय जित बहादुर केसी र विमला राना मगरलाई जनही ११ हजार १ सय ११ रुपैयाँ सहित ‘उज्ज्वल तारा सम्मान २०७६’ बाट सम्मान गर्ने भएको छ ।

विद्यालयका संस्थापक सल्लाहकार एवम् ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रमका संयोजक विष्णु कार्कीले यही असोज ११ गते शनिबार आयोजना हुन लागेको दौड कार्यक्रमका अवसरमा धावकद्वयलाई नगदसहित सम्मान गर्न लागिएको घोषणा गरे ।

‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ को अन्तिम तयारीबारे शनिबार काँडाघारीस्थित त्रिशक्ति पार्टी प्यालेसमा आयोजित छलफल कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको नेतृवमा निर्माण हुन लागेको गैर नाफामुखी वालरोग अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख नगद प्रदान गर्ने पनि घोषणा गर्यो ।

अस्पतालका संस्थापक एवम् काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा. कोइरालाको उपस्थितिमा भएको सो छलफल कार्यक्रममा सो वाल अस्पतालको लागि उज्ज्वल तारा स्कुलले ५ लाख रुपैयाँको साथै उज्ज्वल नगर समाजले १ लाख ११ हजार र स्थानीय अनिल थापाले १ लाख १ हजार रुपैयाँ दिने घोषणा गरे भने छलफल कार्यक्रममा सहभागी विभिन्न व्यक्तिबाट समेत गरि आजै वाल अस्पताल निर्माणको लागि १५ लाख रुपैयाँ दिने घोषणा भएको छ ।

कागेश्वरी मनोहरा नगरपालिकाको गौरव र ब्राण्ड बनाउने उद्धेश्यसहित ‘तेस्रो उज्ज्वल तारा दशैं रन फर गुड हेल्थ’ कार्यक्रम आयोजना गर्न लागिएकोमा कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले प्रशंसा गर्दै कार्यक्रम सफल पार्न र यसको दिगो विकासको लागि नगरपालिकाको तर्फबाट आवश्यक पर्ने आर्थिक तथा भौतिक सहयोग गर्ने वचनवद्धता व्यक्त गरे ।

वालरोग अस्पतालका संस्थापक एवम् वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाले उज्ज्वल तारा स्कुलले वाल अस्पताललाई ५ लाख रुपैयाँ सहयोग गरेर उदाहरणीय काम गरेकोमा त्यसको मुक्त कण्ठले प्रशंसा गरे ।

कार्यक्रममा विद्यालयकी प्रिन्सिपल सम्झना पोखरेलले दौडको उदेश्यबारे प्रकाश पारेकी थिइन भने नेपाल दुरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दौड सफलताको कामना गरे ।

केटाकेटीदेखि ६० वर्ष उमेरभन्दा माथिकालाई समेत सहभागी गराउने उद्धेयले आयोजना गर्न लागिएको उक्त दौडमा विभिन्न १६ वटा विधा रहनेछन । आपसी सद्भाव र मित्रता बढाउन, स्वास्थ्यबारे जनचेतना फैलाउन र दशैंको शुभकामना आदनप्रदान गर्ने उद्धेश्यले तेस्रो पटक सो दौड आगामी असोज ११ गते काँडाघारीमा गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई