‘मिस भक्तपुर सिजन ३’को फाइनल राउण्ड हुँदै

भक्तपुर, ४ असोज । व्यक्तिगत क्षमतालाई प्रस्फुटन गराउने मुख्य उद्देश्यका साथ मिस भक्तपुर सिजन तीनको फाइनल राउण्डको छनौट आगामी असोज ११ गते शनिवार हुने भएको छ ।

मिस भक्तपुर तथा नेपाल इभेन्ट म्यानेजमेन्टको आयोजना तथा पावर वाई वेभ ग्रुपको साथमा मिस भक्तपुर सिजन ३ हुने भएको हो । जम्मा ३३ जना प्रतिपर्धी मध्येमा १४ जना छनौट गरिएको र उक्त १४ जनालाई आगामी ११ गते अन्तिम छनौटमा लगिने आयोजकले शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

भक्तपुरको योयो बैक्वेटमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको उपस्थितीमा उक्त कार्यक्रम हुने बताइएको छ । कार्यक्रममा माछापुच्छ्र्रे बैंक लिमिटेड तथा व्रिज वाटरले सहयोगमा हुने आयोजकले जनाएको छ ।

१४ जना प्रतिपर्धीमा विजेता वा प्रथम हुनेलाई स्कुटर, दोस्रो हुनेलाई ल्यापटप र तेस्रो हुनेलाई मोवाइलको साथमा गिफ्ट हेम्पर, एक जनालाई होण्डाको व्राण्ड एम्बेष्टर बनाउने र १० जनालाई गिफ्ट हेम्पर सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रमबाट मुनाफा भएको केही रकम भक्तपुरमा सडक मानव मुक्त बनाउने अभियान सञ्चालन गरी भक्तपुरको चाँगुनारायण नगरपालिकामा आफ्नो कार्यालय सञ्चालन गरिरहेको मानव कल्याण सेवा घरलाई केही सहयोग गर्ने बताइएको छ ।
मिस भक्तपुर सिजन एकमा एलिना खड्का र सिजन दुईमा रोसिका देउजा विजेता हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १८ असार । यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातको भाडा समायोजन गरेको छ । विभागले आज जारी गरेको

काठमाडौँ, १८ असार । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । आज नेप्से सूचक ८.७८ अङ्कले

काठमाडौँ, १८ असार । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) हरूलाई सरुवा गरेको छ । आज बसेको

काठमाडौँ, १८ असार । ‘सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, २०८३ प्रतिनिधिसभाबाट पारित भएको छ । आज बसेको प्रतिनिधिसभा बैठकमा