राजनीति गर्ने व्यक्तिको रङ खैरो हुन्छ, सामाजिक काम गर्ने रंग हरियो हुन्छ : सांसद बस्नेत

भक्तपुर, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले राजनीति गर्नेको रङ खैरो हुन्छ, सामाजिक तथा आध्यात्मीक व्यक्तिहरुको रंग हरियो हुने बताउँदै वर्तमान संविधान नेकपा, नेपाली कांग्रेस, राजपालगायतका कुनै पनि एउटा राजनीतिक दलले भनेजस्तो संविधान नबनि आम नेपाली जनताले भनेजस्तो तथा चाहेजस्तो विश्वकै उत्कृष्ट संविधान बनेको बताउनुभएको छ ।

भक्ति मन्दिर श्यामा श्याम धाम ठिमीले आज आयोजना गरेको संविधान दिवसको उपलक्ष्यमा झण्डोत्तलन समारोहलाई सम्बोधन गर्दै सांसद बस्नेतले सवै नेतृत्वको विकल्प रहेको तर मुलुकको समृद्धिको कुनै विकाल्प नभएको बताउनुभयो । उहाँले लोकतान्त्रीक समाजवाद उन्मुख संविधानको निर्माणसँगै लामो समयसम्म रहेको सामन्तवादको समुल नष्ट गर्दै मुलुकलाई नयाँ बाटोमा अघि बढ्ने आधार निर्माण गरेको बताउनुभयो ।

संविधानमा उल्लेखित भएका कुराहरु मुलुकको व्यवस्था तथा उद्देश्य नै आजको समयको प्रतिविम्ब भएको बताउँदै उहाँले जसले बनाउन सक्दैन उसले विगार्ने अधिकार नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘रुखको हाँगा काट्न सक्ने व्यक्तिले उक्त काटेको हाँगा जोड्न सक्ने हुनुपर्छ । जोड्न सक्ने हैसियत नभएकाले काट्ने पनि अधिकार हुँदैन । त्यसैले जसले बनाउन सक्दैन उसले काट्ने अधिकार छैन ।’

संविधानले राजनैतिक, धार्मिक, व्यक्तिगतलगायतका विषवस्तुहरुलाई समेटेको बताउँदै उहाँले तत्कालिन समयको आर्थिक, सामाजिकलगायतका क्षेत्रहरुको सन्तुलनको दस्तावेज संविधान भएको उल्लेख गर्नुभयो । संविधानले देशमा हुने विभिन्न प्रकारका हिंसालाई नष्ट गरेको बताउँदै संविधानमा मानिसको मैलिक हक अधिकार अन्तरगतका गास, बास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार लगायतका कुराहरु स्थापित गरेको बताउनुभयो ।

संविधान शक्ति सन्तुलनको दस्तावेज समेत भएकाले आवश्यकता अनुसार संशोधन गर्न सकिने बताउँदै उहाँले राजकीय तथा शासकीय पदमा रहेका कुनै पनि राजनीतिक दल तथा व्यक्तिले संविधानको विरोध गर्न नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो संविधानलाई मानेर चुनावमा भाग लिने, सरकार बनाउने, मूख्यमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायतका हुने तर संविधान दिवसलाई कालो दिनको रुपमा मनाउने व्यक्तिहरुले शासकीय र राजकीय पद छोड्नु पर्छ, तवमात्र कालो दिनको रुपमा मनाउने उनलाई अधिकार हुन्छ, नत्र पाइदैन । संविधानको मर्म अनुसार अघि बढ्नुपर्छ ।’

राष्ट्रियताको दायरालाई फराकीलो बनाउँदै लैजानुपर्नेमा जोड दिँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले मुलुकलाई भ्रष्टाचारको दलदलबाट मुक्त बनाउन सवै एकै ठाउँमा उभिएर अघि बढ्नुको कुनै विकल्प नभएको बताउनुभयो ।  कुनै पनि कार्यमा शुद्धता हुन जरुरी रहेको बताउँदै उहाँले भन्नुभयो, ‘राजनीति गर्नेको रङ खैरो हुन्छ, सामाजिक तथा आध्यात्मीक व्यक्तिहरुको रंग हरियो हुन्छ । राजनीतिक गर्ने व्यक्तिले प्रतिपक्षिको आलोचना गर्नु उसको धर्म नै भएको तर विभिन्न सामाजिक क्षेत्रका व्यक्तिको व्यवहार तथा गतिविधि स्पष्ट हुन्छ ।’

नामले मात्र हैन कामले पनि भक्तपुरलाई मध्यपुर बनाउने उद्घोषका साथ उहाँले भक्तपुरमा विकासको लहर चलिरहेको बताउँदै अब भक्तपुरका जनता विकासभन्दा टाढा हुन नपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘अब भक्तपुरले सिंहदरवार खोज्ने हैन, सिंहदरवारले भक्तपुर खोज्ने दिनको सुरुवात भइसकेको छ । नेपालकै महत्वपूर्ण क्षेत्रको रुपमा भक्तपुर स्थापीत हुँदै गएको छ । जसले गर्दा आम भक्तपुरवासी नागरिकको भाग्य र भविष्य उज्वल हुँदै गएको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा