राष्ट्रपति भण्डारीद्वारा २६० जनाको कैद कट्टा, २२ जनालाई सजाय माफी

काठमाडौँ, ३ असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले २ सय ६० जना कैदी–बन्दीको कैद कट्टा गरेकी छन् भने २२ जनाले सजाय माफी पाएका छन् ।

संविधानको धारा २७६ को फौजदारी कसुर ऐन, २०७४ तथा फौजदारी कसुर नियमावली, २०७६ मा मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले कैदी–बन्दीको कैद मिनाहा गर्न सक्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार राष्ट्रपति भण्डारीले देशका विभिन्न कारागारमा रहेका २६० को कैद कट्टा गरेकी हुन् ।

त्यस्तै, संविधान दिवसकै अवसरमा २२ जनाको कैद, दण्ड, बिगो, सर्वस्वलगायतको जरिवाना मिनाहा भएको छ । संविधानको धारा २७६, मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ अनुसार, मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूको सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मोरङ, १९ जेठ । मोरङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने अन्य ८ जना घाइते भएका छन् ।

काठमाडौँ, १९ जेठ । काठमाडौंको नर्भिक अस्पतालमा उपचाररत एक बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा भर्ना भएर उपचाररत

सिन्धुपाल्चोक, १९ जेठ । आफैंले बोकेको खुकुरी कोखामा छिरेपछि सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । जिल्लाको.त्रिपुरासुन्दरी गाउँपालिका वडा न.

बुटवल, १९ जेठ । रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् ।