अध्यक्ष दाहालद्वारा संविधान दिवसको सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त

prachanda

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान दिवसको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा बधाई तथा शुभकामना व्यक्त गरेका छन ।

जारी शुभकामनामा भनिएको छ, ‘यस अवसरमा सर्वप्रथम जनताको त्याग र बलिदानबाट प्राप्त संविधानका खातिर जीवनोत्षर्ग गर्ने नेपाली आमाबुबाका सर्वोत्तम छोराछोरी महान् सहिदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । यसक्रममा बेपत्ता  भएका योद्धा र घाइते योद्धाहरुमा उच्च सम्मान प्रकट गर्दछु । यस संविधानका लागि महान् जनयुद्ध, ऐतिहासिक जनआन्दोलन, जनजाति, मधेस लगायत विभिन्न आन्दोलनमा सहभागी जनसमुदायमा हार्दिक कृतज्ञता व्यक्त गर्दछु ।’

‘संविधानबाट संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन पुगेको स्मरण गर्दै  नागरिक स्वतन्त्रता, मौलिक अधिकार, मानव अधिकार, वालिग मताधिकार, आवधिक निर्वाचन, पूर्ण प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायपालिका, कानूनी राज्य जस्ता लोकतन्त्रका अवयवहरुको जगमा दिगो शान्ति, सुशासन, विकास र समृद्धि प्राप्तिका लागि दिशानिर्देश गरेको छ ।’

‘जनताको लामो र बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धीलाई उल्टाउने दिवा सपना केही अराजक तत्वहरुले देख्ने गरेका छन्‚ ‘जनतालाई भ्रममा पार्ने त्यस्ता अराजक तत्वहरुको प्रतिवाद गर्दै सम्पूर्ण संघीय लोकतान्त्रिक गणतन्त्रवादी शक्तिहरुलाई एकतावद्ध हुन संविधान दिवस–२०७६ ले प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दै शुभकामना व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

एजेन्सी, ६ कार्तिक । ब्राजिलका राष्ट्रपति जाइर मेसियास बोल्सोनारो बिहीबारदेखि शनिबारसम्म चीन भ्रमणमा आउने भएका छन् । चिनियाँ राष्ट्रपति सी

एजेन्सी, ६ कार्तिक । बेलायतको इसेक्समा एउटा लरी कन्टेनरमा ३९ जना मानिसको शव भेटिएको छ । प्रहरीलाई स्थानीय एम्बुलेन्स सर्भिसका

काठमाडौँ, ६ कार्तिक। सिरियाका विषयमा रुस र टर्कीबीच ‘ऐतिहासिक सम्झौता भएको बीबीसीले जनाएको छ । टर्की र रुसबीच म्याराथन बैठकमा

एजेन्सी, ५ कार्तिक । जिम्बावेको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्जका ५५ हात्तीको मृत्यु भएको छ । खडेरीको कारण पछिल्लो दुई महिनामा