‘आइफा अवार्ड’मा आलिया र रणवीर उत्कृष्ट

काठमाडौँ, २ असोज । ‘आइफा अवार्ड’ बुधबार बेलुकी भारतमा आयोजना भएको छ ।

आइफाको २० औं संकरणमा आलिया भट्टले चलचित्र ‘राजी’बाट उत्कृष्ट नायिकाको अवार्ड जितेकी छिन् । यस्तै, उत्कृष्ट नायकको अवार्ड ‘पद्यमावत’बाट रणवीर सिंहले जिते ।

अवार्डमा ‘राजी’ले उत्कृष्ट चलचित्रको अवार्ड जितेको छ । श्रीराम राघवनले चलचित्र ‘अन्धाधुन’बाट उत्कृष्ट निर्देशकको अवार्ड जितेका छन् । यस्तै, चलचित्र ‘पद्यमावत’बाट नायिका अदिति राव हैदरीले ‘उत्कृष्ट सह–नायिका’ को अवार्ड जित्दा विक्की कौशलले चलचित्र ‘सन्जु’बाट ‘उत्कृष्ट सह–नायक’को अवार्ड जितेका छन् ।

‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायिका’को अवार्ड दीपिका पादुकोणले जित्दा नायक रणवीर कपुरले ‘पछिल्लो २० बर्षकै उत्कृष्ट नायक’को अवार्ड जिेत ।

अवार्ड समारोहमा नायक सलमान खान, रणवीर सिंह, आयुष्मान खुराना, साहिद कपुर, नायिका दीपिका पादुकोण, आलिया भट्ट लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा देखिएको शिथिलतामा सुधार आउन थालेकोे बताएका छन् । 

काठमाडौँ, ६ बैशाख । डा. अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनीत भएकी छन् । राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई बिहीबार राष्ट्रियसभा सदस्यमा

काठमाडौँ, ६ बैशाख । नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिममा प्रदेश सरकार निर्माणबारे प्रदेश प्रमुखको भूमिकामाथि प्रश्न उठाएको छ । कांग्रेस

काठमाडौँ, ६ बैशाख । सिंहदरबारस्थित दक्षिण गेट अगाडि विभिन्न प्लेकार्ड बोकेर प्रदर्शन गर्ने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।