काठमाडौँ, २ असोज । आज बिहीबार शेयर बजारमा परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।
बिहीबार शेयर बजारमा परिसूचक नेप्से १८ अंकले घटेर १ हजार १ सय ५५ अंक नजिक बन्द भएको छ । सेन्सेटिभ परिसूचक पनि घटेको छ । १ सय ६६ कम्पनीको ४० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।
बीमा, होटल र बैंकिङ समुहमा उच्च गिरावट आउँदा समग्र नेप्से दवावमा परेको देखिन्छ । बिहीबार शिवम सिमेन्टको शेयर कारोबार सबैभन्दा बढी ५ करोड २४ लाख रुपैयाँको भएको छ ।
त्यस्तै नेप्से घटेपनि समाता माइक्रोफाइनान्सका शेयरधनीले १० प्रतिशतले कमाएका छन् । तर गुराँस लघुवित्त वित्तीय संस्थाका शेयरधनीले भने ८ दशमलव ४६ प्रतिशतले गुमाएका छन् ।






