बेलायती शिक्षक र चलचित्र निर्माता बेबिलोनमा

काठमाडौँ, २ असोज । बेलायती अन्तर्राष्ट्रिय शैक्षिक संस्था, ब्रिटिस काउन्सिलबाट २ पटक इन्टरनेशनल स्कुल एवार्ड (आइएसए) विजेता बेबिलोन स्कुल शान्तिनगरमा बेलायती शिक्षक टोली शैक्षिक आदानप्रदानका लागि आएका छन् ।

बेबिलोन स्कुलको कनेक्टिङ्ग क्लासरुम अन्तर्गत बेलायतको साझेदार विद्यालयका शिक्षक टोली बेबिलोनमा आएको विद्यालयको इन्टरनेशनल स्कुल एवार्ड (आईएसए) कोअर्डिनेटर अनिता सिग्देलले बताइन ।

स्टेभेनेज बेलायतको प्रशिद्ध विद्यालय आल्मण्ड हिल जुनियर स्कुलका शिक्षिका बेली पोर्टर र युके स्कुल क्लस्टर प्रमुख डा.एन्ड्रयु क्रिस्टीका साथै बेलायती स्वतन्त्र चलचित्र निर्माता रोडोल्फ स्काफर रुडि बेबिलोन स्कुलमा आएका हुन । बेलायती शिक्षक टोलीलाई ब्रिटिस काउन्सिलको नेपाली स्कुल क्लस्टर प्रमुख दिनेश खतिवडाले बेबिलोन स्कुलमा परिचय गराएका थिए ।

बेलायती शिक्षक टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राई, भाइस प्रिन्सिपल रीता राई, निर्देशकद्वय प्रकाश आचार्य र देवीभक्त राई, विद्यालयका कार्यक्रम संयोजक टीकाप्रसाद सुवेदी, रिसर्चर घनश्याम दाहाल, आईएसए कोअर्डिनेटर अनिता सिग्देल, अभिभावक शिक्षक संयोजक कमला केसी, शिक्षक पुरुषोत्तम ढुंगेललगायतले स्वागत गरेका थिए ।

बेलायती शिक्षक टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको तर्फबाट उपहार प्रदान गरेका थिए भने बेलायती शिक्षकहरुले ल्याएको शैक्षिक सामाग्री पनि प्रिन्सिपल राईलाई हस्तान्तरण गरिएको थियो ।

बेबिलोनमा आएका शिक्षक बेली पोर्टरले चार कक्षाका विद्यार्थीलाई कक्षा लिएकी थिइन । उनीहरुलाई बेबिलोनका विद्यार्थीहरुले बनाएका विभिन्न चित्रकला प्रदान गर्नुका साथै सांस्कृतिक कार्यक्रम गरि स्वागत गरिएको थियो ।

उनीहरु बेबिलोन स्कुलमा एकहप्ता बसेर बेबिलोनका विद्यार्थीलाई बेलायतको शिक्षण विधि सिकाउनुका साथै नेपाली शिक्षण विधि सिक्नुका साथै नेपालका विभिन्न विद्यालयमा गएर शैक्षिक आदानप्र्रदान गर्ने आइएसए कोअर्डिनेटर सिग्देलले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई