काठमाडौँ, ३१ भदौ । सिद्धार्थ बैंकले सुनसरीको इनरूवामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
बैंकले सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार थप सुविधा विस्तार गर्न शाखा विस्तार गरेको जनाएको छ।
सबैक्षेत्र र वर्गसम्म बैंकिङ् सेवाको पहुँच पुर्याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखा सहित बैंकले देशभर १६७ वटा शाखासंचालनमा ल्याएको जनाएको छ।






