नेपालमै पहिलो पटक दक्षिण एशियाली नेटबल प्रतियोगित हुने

काठमाडौँ, २९ भदौ । नेपालमा पहिलो पटक दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

आउँदो कार्तिक १ देखि ५ गतेसम्म लागनखेलको आर्मी फिजिकल तथा स्पोर्टर्स सेन्टरमा नेटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीचका खेलाडीहरु सहभागि हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।

नेटबलको प्रति ग्यम ४० मिनेटको हुने जनाएको छ ।  खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, पाकिस्थान नेपालबाट दुई÷ दुई जना गरी १० जना एम्पायरमा आउने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी बताउनुभयो ।

खेलमा भदौ २१ गते विभिन्न चरणको प्रतियोगिताद्वारा ६८ जनाबाट २२ जना खेलाडी छनोट भएका छन् भने असोज १० गते हुने खेलाडी छनोट प्रतियोगितामा १२ जना छनोड हुने जनाइएको छ ।

नेपालमा नेटबलका अन्तर्राष्ट्रिय स्त्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यरले सङ्घले दक्षिण एसियाली नेटबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । अध्यक्ष बस्नेतले अहिले सङ्घले नेटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा लागि रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बाँके, ५ कार्तिक । बाँकेका चार स्थानीय तहका गाईवस्तुमा लम्पी स्किन रोगविरुद्ध खोप अभियान सञ्चालन गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिका,

काठमाडौँ, ५ कार्तिक ।  यमनका इरान समर्थित हुथी विद्रोहीहरूले साउदी अरबमा आक्रमण तीव्र बनाएपछि अमेरिकाले रियाधस्थित आफ्नो दूतावासबाट गैर–अत्यावश्यक कर्मचारी

काठमाडौँ, ५ कार्तिक । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । Fixed

काठमाडाैँ, ४ कार्तिक । राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान राष्ट्रपति पौडेलले यस वर्षको दसैंको शुभ साइत १० बजेर २६