काठमाडौँ, २९ भदौ । नेपालमा पहिलो पटक दक्षिण एशियाली अन्डर १६ महिला नेटबल प्रतियोगिता आयोजना हुने भएको छ ।
आउँदो कार्तिक १ देखि ५ गतेसम्म लागनखेलको आर्मी फिजिकल तथा स्पोर्टर्स सेन्टरमा नेटबल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा नेपाल, भारत, बङ्गलादेश, पाकिस्तान, माल्दिप्स र श्रीलङ्काबीचका खेलाडीहरु सहभागि हुने आइतवार आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
नेटबलको प्रति ग्यम ४० मिनेटको हुने जनाएको छ । खेलमा श्रीङ्गापुर, श्रीलङ्का, भारत, पाकिस्थान नेपालबाट दुई÷ दुई जना गरी १० जना एम्पायरमा आउने नेपाल नेटबल संघका अध्यक्ष मोहनबहादुर बस्नेतले जानकारी बताउनुभयो ।
खेलमा भदौ २१ गते विभिन्न चरणको प्रतियोगिताद्वारा ६८ जनाबाट २२ जना खेलाडी छनोट भएका छन् भने असोज १० गते हुने खेलाडी छनोट प्रतियोगितामा १२ जना छनोड हुने जनाइएको छ ।
नेपालमा नेटबलका अन्तर्राष्ट्रिय स्त्तरका प्रतिस्पर्धी खेलाडी उत्पादन गर्ने उद्देश्यरले सङ्घले दक्षिण एसियाली नेटबल प्रतियोगिता गर्न लागेको आयोजकले जनाएको छ । अध्यक्ष बस्नेतले अहिले सङ्घले नेटबल खेलका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने क्रममा लागि रहेको बताउनुभयो ।







