सन्दीपले सिजनको बीबीएल खेल्ने

काठमाडौँ, २८ भदौ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेगस्पिनर सन्दीप लामिछानेले सिजन २०१९–२० का लागि अस्ट्रेलियाको बिग ब्यास लिग (बीबीएल) टिम मेलवर्न स्टार्सले रिटेन गर्ने भएको छ ।

मेलवर्न स्टार्सका प्रशिक्षक डेभिड हसीले सन्दीपलाई सिजनभर खेलाउन चाहेको प्रतिक्रिया दिएका छन् भने सन्दीपका सहयोगी रमन सिवाकोटीले बीबीएलमा सम्झौता हुने प्रक्रिया अन्तिम चरणमा पुगेको बताएका छन् ।

सन्दीपले ग्लोबल टी-२० क्यानडा खेलिसकेका छन्। हाल क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेलिरहेका सन्दीपको इन्डियन प्रिमियर लिग ९आइपिएल० टिम दिल्ली क्यापिटल्ससँग एक वर्षको सम्झौता बाँकी छ।

गत सिजन सन्दीपले पाकिस्तान सुपर लिग र टी-१० लिग खेलेका थिए। दुवै लिगका लागि ड्राफ्ट घोषणा हुन बाँकी नै छ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी