विप्लव समूहका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौँ, २८ भदौ । नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी बाराका आतिश मिश्रालाई प्रहरीले पक्राउ गरेको छ ।

बाराको परवानीपुर-४ श्रीपुरबाट जिल्ला प्रहरी कार्यालयको टोलीले राजन गिरी भनिने मिश्रालाई शुक्रबार पक्राउ गरेको हो ।

बाराका प्रहरीका अनुसार जिल्लामा ठूलो घटना गराउने योजना बनाइरहेको अवस्थामा मिश्रालाई पक्राउ गरिएको थियो । पहिलेदेखि नै आपराधिक गतिविधिमा संलग्न रहेकाले  मिश्रालाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जनाएको छ ।

मिश्रामाथि भारतीय नम्बर प्लेटका गाडी आगजनी गरेको, व्यवसायीलाई चन्दाका लागि धम्क्याएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ फागुन । आज सुनचाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य ५ सयले बढेर छापावाला सुन प्रतितोला ७६

काठमाडौँ, ४ फागुन । नेपाल राष्ट्र बैंकले आज आइतबार तोकेको विनिमय दर अनुसार यस प्रकार रहेको छ ।

काठमाडौँ, ४ फागुन । भारतीय बजेटले नेपाली अर्थतन्त्रमा परेको प्रभावबारे सरकारले अध्ययन थालेको छ । अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकसँग

काठमाडौँ, ३ फागुन । नेपाल राष्ट्र बैंकले आजको लागि तोकेको विदेशी मुद्राको विनिमयदर निम्नानुसार रहेको छ,