सेन्चुरी बैंकको सञ्चालक श्रेष्ठ नक्कली सर्टिफिकेट पेश गरी पदमा आसिन

काठमाडौँ, २७ भदौ । सेञ्चुरी बैंकका सञ्चालक लक्ष्मण कुमार श्रेष्ठले नक्कली सर्टिफिकेट पेश गरी सञ्चालक पदमा रहेको खुलासा भएको छ ।

श्रेष्ठले स्नातक तहको लागि बिहारको नक्कली सर्टिफिकेट पेश गरी बैंकको सञ्चालक पदमा आसिन रहेको खुल्न आएको छ । श्रेष्ठ सेञ्चुरी बैंकको दुई कार्यकालदेखी सञ्चालक रहँदै आएका छन् । सञ्चालक श्रेष्ठले प्रथम कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठसँग मिलेर विभिन्न आर्थिक लाभ समेत लिएको उच्च स्रोतले जानकारी दिएको छ ।

जसमध्ये कर्मचारीलाई छ्ट्टाइएको शेयर मध्येबाट १० हजार कित्ता शेयर प्रमुख कार्यकारी अधिकृत गणेश कुमार श्रेष्ठको नाममा लिएर उक्त शेयर हाल श्रीमती बिमला श्रेष्ठको नाममा करिब १८ हजार कित्ता रहेको खुल्न आएको छ । बैंकको प्रबन्धपत्र र नियामलीमा व्यवस्था भएअनुसार संस्थापक शेयरधनी मध्येबाट ३ जना संचालक रहनुपर्नेमा राष्ट्र बैंकले दिएको निर्देशन बिपरित ४ जना संचालक या बैंकमा रहेका छन् ।

यी सबै कुरा जानकारी भएपनि राष्ट्र बैंकले भने कुनै कारबाही गर्न सकेको छैन् । आर्थिक लाभमा लिप्त सञ्चालक श्रेष्ठ मर्जर समितिको पनि संयोजक बन्न सफल भएका छन् । उनि विवादित छविका सञ्चालक रहेको बैंक क्षेत्रमा चर्चा हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २० कार्तिक । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान बालेन सरकारले कांग्रेस सभापति गगन थापालाई पक्राउ

काठमाडौँ, २० कार्तिक ।राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले शिष्टाचार भेटवार्ता गरेका छन् । आज राष्ट्रपति भवन शीतल निवासमा

काठमाडौँ, २० कार्तिक । प्रहरी महानिरीक्षक (आईजीपी)बाट पदमुक्त गरिएका दानबहादुर कार्कीले सवोच्च अदालतमा पेस गरेको रिट निवेदन दर्ता भएको छ । 

काठमाडौँ, २० कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनतालाई पहिलो प्राथमिकता रहेको बताएका छन् । आज