भरतपुर अस्पताललाई एक हजार थान डेंगू किट प्रदान

चितवन, २६ भदौ । भरतपुर महानगरपालिकाले डेंगू रोगको उपचारमा सहयोग पु¥याउन बिहीबार भरतपुर अस्पताललाई एक हजार थान डेंगू किट प्रदान गरेको छ ।

महानगर प्रमुख रेनु दाहालले भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर श्रीराम तिवारीलाई एक हजार थान डेंगू किट प्रदान गरेकी हुन् । कार्यक्रममा महानगर प्रमुख दाहालले भरतपुर महानगरमा फैलिरहेको डेंगूका बिरामीहरुको उपचारमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । कुनै पनि डेङ्गुका बिरामीको किटको अभावमा उपचारमा ढिलो नहोस् र किटको अभाव पनि नहोस् भन्ने मनसायले भरतपुर अस्पताललाई किट हस्तान्तरण गरिएको दाहालले बताउनुभयो । महानगरपालिकाले प्रदान गरेको किटबाट निशुल्क रुपमा डेंगूको परीक्षण गर्नुपर्ने दाहालको भनाइ छ । महानगरपालिका नगरवासीको स्वास्थ्यप्रति अत्यन्तै गम्भीर रहेको दाहालले बताउनुभयो । डेंगू फैलाउने लामखुट्टेका लार्भाहरु नष्ट गर्ने अभियानमा लाग्नसमेत दाहालले सबैमा अपिल गर्नुभयो ।

कार्यक्रममा भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीले डेंगू ज्वरो भन्ने बित्तिकै आत्तिनुपर्ने अवस्था नभएको बताउनुभयो । किट र ल्याबबाट डेंगू ज्वरो परीक्षण गर्न सकिने उल्लेख गर्दै अधिकारीले प्लेटलेट एक लाख भन्दा कम र डब्लुबीसी तीन हजार भन्दा कम देखिएमा निगरानी बढाउनुपर्ने बताउनुभयो ।

महानगरपालिकाले प्रदान गरेको किट ग्रहण गर्दै भरतपुर अस्पतालका प्रमुख मेसु डा श्रीराम तिवारीले प्राप्त किटले संक्रमितहरूको पहिचान र उपचारमा सहयोग पुग्ने बताउनुभयो । अस्पतालमा दैनिक दुई सय भन्दा बढी बिरामीहरुको डेंगू परीक्षण गर्नुपर्ने अवस्था रहेको तिवारीले बताउनुभयो । डेंगू सहित ज्वरोको प्रकोप बढिरहेको अवस्थामा बिरामीहरुलाई असर नपर्नेगरि कार्य गरिरहेको उल्लेख गर्दै तिवारीले अस्पतालले स्वास्थ्यकर्मीहरुलाई विदामा बस्न समेत नदिएर काम गराइरहेको जानकारी गराउनुभयो । कार्यक्रममा स्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीले जिल्लामा डेंगूका बिरामीहरु बढ्दै गइरहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १