अभिनेत्री सन्नी लियोनी नेपालमा

काठमाडौँ, २६ भदौ । बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइपुगेकी छिन् ।

शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘पासवर्ड’को बिहीबार साँझ कुमारी हलमा हुन लागेको प्रिमियरका लागि नेपाल आएकी हुन् ।

विमानस्थालमा उनलाई स्वागत गर्न फिल्मका निर्देशक सम्राट बस्नेतसहित कलाकार र निर्माता पुगेका थिए । फिल्मको टिमले उनलाई खादा र राष्ट्रिय झण्डा अंकित भादगाउँले टोपी लगाएर न्यानो स्वागत गर्‍यो ।

साँझ साढे ७ बजे उनी प्रिमियरमा सहभागी हुन कुमारी हल पुग्ने कार्यक्रम छ । फिल्म ‘पासवर्ड’ को ‘नाम मेरो सन्नी’ बोलको गीतमा सन्नीले नृत्य प्रस्तुत गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

मकवानपुर, ३ असोज । नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) जिल्ला समन्वय परिषद मकवानपुरको अधिवेशनले सर्वसहमत रुपमा नयाँ कार्यसमिति चयन गरेको

भक्तपुर, ३ असोज । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित गुण्डूमा माता पाथिभरा वैष्णोदेवीको मन्दिर निर्माण हुने भएको छ

कैलाली, ३ असोज । कैलालीमा प्रतिबन्धित औषधि बिक्री गर्ने एक जना क्लिनिक सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार लम्कीचुहा नगरपालिका-४

महोत्तरी, ३ असोज । महोत्तरीमा जिपको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । शुक्रबार दिउँसो बर्दिवास ३ गौरीडाँडामा ज १