काठमाडौँ, २६ भदौ । शेयर बजारमा विहिवार पनि ५ दशमलव ३३ अंकले घटेको छ ।
साताभरीमा शेयर बजार ३३ दशमलव १९ अंकले घटेको छ । बिहीबार शेयर बजार परिसुचक नेप्से ५ दशमलव ३३ अंकले घटेर १ हजार १ सय ५७ दशमलव ८८ अंकमा कायम भएको छ ।
क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स शुन्य दशमलव ९८ अंकले घटेर २ सय ५३ दशमलव ७९ अंकले ओरालो लागेको छ ।
बिहीबार १ सय ६८ कम्पनीहरुको १५ लाख ५६ हजार ७ सय ९० कित्ता शेयर ३७ करोड ६१ लाख रुपैयाँमा कारोवार भएको छ । विहिवार सम्पूर्ण सूचक तथा उपसूचक घटेका छन् । जसमा सबैभन्दा धेरै होटलको १ दशमलव २९ प्रतिशतले घटेको हो । बजारमा कालिका पावर कम्पनीका शेयरधनीहरुले सबैभन्दा धरै ५ प्रतिशतले कमाएका छन् । अरुण भ्याली हाइड्रोपावरका शेयरधनीहरुले ७ प्रतिशतले गुमाएका छन् ।






