काठमाडौँ, २६ भदौ । किर्गीजस्तानमा जारी सादेझ्दा कप महिला फुटबल प्रतियोगिताको उपाधिका लागि आज नेपाल र उज्वेकिस्तान प्रतिस्पर्धा भिड्दै छ ।
काराकोलस्थित सेन्ट्रल स्टेडियममा हुने खेल नेपाली समय अनुसार अपरान्ह पौने ४ बजे सुरु हुनेछ । विश्व महिला फुटबलका बरियतामा नेपाल १ सय १ औ र उज्वेकिस्तान ४४ औ स्थानमा रहेको छ ।




