नेपाल ओलम्पिक कमिटीको निर्वाचन भदौ अन्तिममा

काठमाडौँ, २६ भदौ । नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्व चुन्न भदौ २८ गते निर्वाचन हुने भएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाको पर्यवेक्षणमा भदौ २८ गते बिहान ८ बजेदेखि सातदोबाटोस्थित कार्यालयमा निर्वाचन गर्न लागिएको हो ।

गत आइतबार दुवै पक्षसँग छलफल गरेपछि न्यायाधीश तेजबहादुर केसी र मनोजकुमार शर्माको इजलासले निर्वाचन रोक्न नपर्ने फैसला सुनाएको थियो ।

नेपाल ओलम्पिक कमिटीको नयाँ नेतृत्वका लागि जीवनराम श्रेष्ठ र उमेशलाल श्रेष्ठ मैदानमा छन् । महासचिव पदमा भने उमेशलाल पक्षबाट पुरेन्द्रविक्रम लाखे र जीवनराम प्यानलबाट निलेन्द्रराज श्रेष्ठ छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

झापा, ४ कार्तिक । जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका– २ जनता

काठमाडौँ, ४ असोज । बडादसैँको अवसरमा नेपाल प्रहरीले काठमाडौँ उपत्यकामा आजदेखि भोलीसम्म निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ, ४ कार्तिक । नेपालीहरूको महान् चाड बडादसैँको मुख्य दिन आज विजयादशमी, मान्यजनको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरूप रातो टीका

काठमाडौँ, ४ कार्तिक । २०८३ साल कार्तिक ४ गते बुधबार सन् २०२६ अक्टोबर २१ तारिख। असोज शुक्ल पक्षको महा दशमी