नेकपाको सचिवालय बैठक सम्पन्न : महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

काठमाडौँ, २५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा आगामी मंसिरमा हुन लागेको उपनिर्वाचनका लागि पुनः दल दर्ताको जिम्मा महासचिव विष्णु पौडेललाई दिने निर्णयसहित बैठक सम्पन्न भएको हो ।

उक्त बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले पत्रकारहरुसँग कुरा गर्दै भने, ‘निकट भविष्यमा हुन गइरहेको उपनिर्वाचनका निम्ति पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्था र निर्वाचन आयोगको सूचनाका आधारमा दल दर्ताका सम्पूर्ण प्रक्रिया पूरा महासचिव कमरेड विष्णु पौडेललाई दिइने निर्णय गरियो ।’

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ । २०७४ सालमा निर्वाचन हुँदा बेग्लाबेग्लै दल रहेकोले नेकपा उपनिर्वाचनका लागि दर्ता गर्नुपरेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ वैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बालुवाटारमा भेटघाट भएको छ । उक्त भेटघाटमा

काठमाडौँ, ११ वैशाख । सार्वजनिक खरिद अनुगमन कार्यालयले मंगलबार सार्वजनिक सूचना जारी गरी २९ निर्माण र आपूर्तिसम्बन्धी  कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको

काठमाडौँ, ११ वैशाख । सभामुख देवराज घिमिरेले लोकतन्त्र प्राप्तिपछि राजनीतिक व्यवस्थामा परिवर्तन आए पनि जनताको जीवनमा परिवर्तन आउन नसकेको बताएका छन्

काठमाडौँ, ११ वैशाख । १८औँ लोकतन्त्र दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । विसं २०६३ वैशाख ११ गते तत्कालीन