पवन प्रकृतिका ४६ जना स्काउट दिक्षित

ललितपुर, २५ भदौ । ललितपुर इमाडोलस्थित पवन प्रकृति इंगलिस सेकेण्डरी स्कुल अन्तर्गत सञ्चालित पवन स्काउट ट्रुपका २८ जना नयाँ स्काउटलाई दिक्षित गर्नुका साथै १८ जना स्काउटको पदोन्नति गरिएको छ ।

विद्यालयका प्रिन्सिपल एवम् पवन स्काउट ट्रुपको इकाई सभापति उत्तरकुमार राईको प्रत्यक्ष निगरानीमा सो ट्रुप सञ्चालित छ । विद्यालयको प्राथना सभामा ति स्काउटलाई दिक्षा दिनुको साथै पदोन्नति गरिएको हो ।

जिल्ला स्काउट भक्तपुरका समन्वय आयुक्त एवम् स्काउट गुरु शीवकुमार त्वायना र विद्यालयको निमावि तहका विद्यालय संयोजक इन्द्र पौडेलले नयाँ स्काउटलाई स्कार्फ तथा विभिन्न ब्याचहरु प्रदान गरि दिक्षित गरेका थिए भने पुराना विद्यार्थीलाई विपि ब्याच र अन्नपूर्ण ब्याच प्रदान गरि पदोन्नति गरेका थिए ।

गतवर्षदेखि पवन स्काउट ट्रुप सचालनमा आएपछि विद्यार्थीहरु विभिन्न स्वयमसेवी कार्यक्रममा सहभागी हुनुका साथै उनीहरुको पढाई र अतिरिक्त कृयाकलापमा पनि प्रगती हुँदै आएको विद्यालयका भाइस प्रिन्सिपल विष्णुभक्त राईले बताए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० कार्तिक । रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी

काठमाडौँ, १० कार्तिक । ‘गाभी, द भ्याक्सिन एलाइन्स’ ले सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोड १९ लाख ६८ हजार

काठमाडौँ, १० कार्तिक । साउदी अरेबियाको पछिल्लो सुरक्षा अवस्था संवेदनशील बन्दै गएपछि रियादस्थित नेपाली राजदूतावासले त्यहाँ रहेका सम्पूर्ण नेपाली नागरिकलाई उच्च

काठमाडौँ, १० कार्तिक । प्रहरी प्रधान कार्यालयले विभिन्न कार्यालयमा कार्यरत रही लामो समयदेखि आफूखुसी गैरहाजिर रहेका ११ जना प्रहरी कर्मचारीहरूलाई