ललितपुर जिल्ला अदालतमा एनआईसीको एक्स्टेन्सन काउण्टर र एटिएम

काठमाडौँ, २५ भदौ । एनआईसी एशिया बैंक लिमिटेड र ललितपुर जिल्ला अदालत लगनखेलबीच एक्स्टेन्सनन काउण्टर र एटिएम मेसिन संचालनका लागि स्थान उपलब्ध गराउने सम्झौता भएको छ ।

सम्झौतापत्रमा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुधिर नाथ पाण्डे र ललितपुर जिल्ला अदालत लगनखेलको तर्फबाट अदालतका श्रेस्तेदार नगेन्द्र कुमार कालाखेतीले हस्ताक्षर गरेका छन् ।

ललितपुर जिल्ला अदालत परिसरमा एक्स्टेन्सन काउण्टर र एटिएम मेसिन संचालनमा आएसँगै अदालतमा आउने सेवाग्राहीलाई आवश्यक पर्ने रकम व्यवस्थापनका लागि सहज हुने विश्वास बैंकले लिएको छ ।

बैंकको मुलुकभर २९८ शाखा कार्यालयहरु, ३५४ एटिएम, ५८ वटा एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

रौतहट, १७ फागुन । १० लाख श्रोत नखुलेको अवैध रकम सहित दुईजना भारतीय पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल

काठमाडौँ, १७ फागुन । मौसम पूर्वानुमान महाशाखाले प्रादेशिक साप्ताहिक मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले शुक्रबारदेखि बिहीबारसम्म सातै वटा

रौतहट, १७ फागुन । कटहरिया नगरपालिकामा एकजनाले आफ्नै छिमेकीमाथि धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेका छन् । शुक्रबार राति

काठमाडौँ, १७ फागुन । सरकारले औपचारिक रूपमा पश्चिम सेती परियोजनाको निर्माण अझै अगाडि बढाउन सकेको छैन । हरेक निर्वाचनमा मुख्य रूपमा